popular post

तप्प तप्प !


तप्प-तप्प जलबिन्दु चुहाएर के निस्कियौ
स्नीग्ध कञ्चन कोमल अहा ! नुहाएर के निस्कियौ 
भाग्यमानी रै'छ साबुन फिँजैफिँज भै बरालियो
जुन साबुनलाई अङ्ग-अङ्ग छुहाएर के निस्कियौ
पानी पनि आगो बन्छ कामदेवको आशिष पाउँदा
जुन पानीमा यस्तो रूप डुबाएर के निस्कियौ
घामको कुरा नगरौँ भो टाँसियो घाम त्यै लुगामा
जुन लुगालाई भर्खर तिम्ले सुकाएर के निस्कियौ
त्यै गाँठोमा गाँठो पार प्रकटलाई ओ ! रूपसी
जुन गाँठोमा कोमल अङ्ग लुकाएर के निस्कियौ

अनपत्यारिला रोचक तथ्यहरु - १

१ अन्य प्राणीको तुलनामा उँट धेरै दिनसम्म पानी नपिईकन बांच्न सक्छ तर पानी बिना त्यो भन्दा लामो समय सम्म बाँच्न सक्ने प्राणी मुसा हो ।
२ पानी जहाजको गति तातो पानीको तुलनामा चिसो पानीमा बढी तेज सँग चल्दछ ।
३ हावामा ध्वनि तरँग ३०० मिटर प्रतीसेकेण्ड्का दरले यात्रा गर्छ भने पानीमा त्यही तरँग १५०० मिटर प्रति सेकेण्डका दरले यात्रा गर्छ ।
४ शँख किरा आफ्नो जीवन कालमा एकै पटक मात्रा सेक्स गर्छ तर यो कृया लगातार १२ घण्टा सम्म जारी रहन्छ । साथै यो एस्तो जिब हो जो नयाँ ब्लेड्को धारमा पनि घाइते नभईकन हिंड्न सक्छ ।
५ मानिसको फोक्सोलाई नसाहरुको समुह भन्दा पनि फरक पर्दैन किनकी यसमा साना र ठुला गरि ३०० अर्ब वटा जति नसाहरु हुन्छन ।
६ "जाइजेन्टेक्स" नामक माछा टर्चलाइट जस्तो उज्यालो पार्दै पौडी खेल्दै हिड्छ ।
७ गरनाइ नामक माछा पानीमा पौडी , सडकमा डौडन र हावामा उड्न पनि सक्छ ।
८ भालु घाइटे भयो भने मानिसको बच्चा जस्तै रुन्छ ।
९ जिराफ यस्तो जनावर हो जसले जीवनमा कहिले पनि आवाज निकाल्दैन र यो संसारको सबभन्दा अग्लो जनावर पनि हो , भाले जिराफ १८ फिट सम्म अग्लो हुन्छ ।
१० एक मानिसको शरीरमा भएका सम्पूर्ण नसाहरुलाई जोड्ने हो भने त्यसको लम्बाइ ४५ मिल सम्मको हुन्छ ।

अनपत्यारिला रोचक तथ्यहरु - २

१ समुन्द्र भित्र सुर्यको किरण ४०० मिटर भन्दा तल जान सक्दैन ।
२ कुकुरको शरीरमा केवल एक अँग बाट मात्र पसिना आउछ र त्यो हो जिब्रो ।
३ परमाणु कति सम्म सानो हुन्छ भन्ने अनुमान लगाउन यो जाने सजिलो होला कि पानीको एक थोपा १०० लाख खर्ब परमाणु हुन्छन ।
४ अन्य मांसाहारी प्राणीको तुलनामा सिहको मुटु सबै भन्दा सानो हुन्छ ।
५ एक बर्षमा एउटा लाम्खुट्टेले १५ करोड बच्चा जन्माउन सक्छ ।
६ एउटा झिँगाले उड्ने बेलामा पखेटा १ सेकेण्ड्मा ३३० पल्ट हल्लाउछ ।
७ लामखुट्टेले आफ्नो वजन भन्दा डेढ गुणा बढी रगत चुस्न सक्छ ।
८ एक जोडी मुसाले एक बर्ष भन्दा काम समयमा १५ हजार भन्दा बढि सन्तान जन्माउन सक्छ ।
९ बच्चा जन्माउने सबै प्राणीको पुछर हुन्छ तर मानिसको मात्र हुँदैन ।
१० आफ्नो आहार खादा रुने जनावर गोही हो ।