कुनै एउटा गाउँ थियो । त्यो गाउँ अत्यन्तै रमणीय थियो । त्यही गाउँको एउटा रमणिय वातावरणमा गरिब मानिसको घर थियो । आमा, बाबा पाँच छोरी र एउटा नाबालक सानो छोरोसहितको परिवार थियो ।
मदनबहादुर बा, चन्द्रकुमारी आमा र तिनीहरूको जेठी छोरीदेखि कान्छा सानो छोराको नाम यसरी क्रम मिलाएर राखिएको थियो । सुनिता, अनिता, सरिता, ललिता, पनिता र कान्छो सानो छोरोको नाम रमेश थियो । उनीहरूको घरमा सधैँ कलह र झगडा भइरहन्थ्यो । उनीहरू पढ्न त के राम्रो खान लाउन समेत पाउँदैनथे । यसरी दुःख र पीडा भोग्दा भोग्दै मदनबहादुरले जेठी, माहिली र साहिली छोरीको साधारण तरिकाले विवाह गरिदिन्छ । आफ्नो जन्मघरमा त सुख नपाएका छोरीहरूले अर्काको घरमा गएर के सुख पाउँथे । घरमा भएका दुई छोरी र एक छोराले पनि कहिले राम्रो खान र लाउन पाएनन् । कहिले कहीँ त खान नपाएर भोकभोकै बस्नुपथ्र्यो । भोकै बस्दा र गाउँका साथीहरूको नराम्रो व्यवहारले ती सानानानी बाबुलाई कति पीडा हुन्थ्यो । भगवानले पनि गरिबलाई हेला गरेर आलो घाउमा नुन छर्केजस्तै ती दुई छोरी र नाबालक छोराको बुबा आमालाई महिना दिनको अन्तरमा परलोक गए ।
बा आमा छँदा त मागेर वा ज्याला मजदुर गरेर पनि ती नानी बाबुलाई खाना खुवाउँथे । बा आमा गुमेपछि उनीहरू भोकै बस्नुपथ्र्यो । साथीहरू पनि ब आमा मरेका टुहुरा सन्तान भनेर हेला र घृणा गर्थे । विचरा ती दिदीबहिनी र सानो भाई बाटो बाटोमा एकपैसा भन्दै आफ्नो दख्खका कुराहरू भन्थे सुनिदिने कोही थिएनन् । बल्ल तल्ल २।४ पैसा हुन्थ्यो तर त्यति पैसाले त उनीरूलाई राम्रो लगाउन त के एक छाक पेटभरी खानसमेत पुग्दैनथ्यो । विचरा ती बच्चाहरूको धनसम्पत्ति भनेको एउटा सानो खरले छाएको र वरिपरि बाँसले घेरेर बनाएको सानो छाप्रो थियो त्यो पनि अर्काको जमिनमा निर्माण गरिएको थियो । केहि सीप नलागेर त्यही गाउँको एउटा धनी मानिसले ती दुई दिदीबहिनी र भाइ रमेशलाई राम्रो खान लाउन र पढ्न दिने लोभमा काठमाडौँको भिन्दाभिन्दै घरमा लगेर बेचिदियो । तिनीहरू राम्रो पढ्न खान र लाउन त के एकछिन पनि आराम गरेर बस्न पाउँदैनथे । घरमा सबैले खाएका जुठो भाडाहरू माझ्न, लुगा धुन र घरको सरसफाई गरी घरका सबैलाई आदर सम्मान गर्नु उनीहरूको दैनिक काम थियो । घरमा सबैले खाना खाइसकेपछि बाँकी रहेको खाना खान पाउँथे कहिलेकाहीँ बाँकी रहेन भने भोकभोकै हुन्थे । अकस्मात बिरामी परेमा उनीहरूको घरमालिकले वास्ता गर्दैनथे के भयो कसो भयो नसोधी काम गरे गर नगरे घर छोडेर जहाँ जान मन लाग्छ त्यही जा भन्थे ।
एकदिन रमेश बिरामी पर्छ । जब उसले कुनै काम गर्न सक्दैन । त्यसपछि त्यस घरका मानिसहरूले रमेशलाई घरबाट निकालिदिए । भर्खरै १० वर्षको ऊ हिँड्नै नसक्ने गरी बिरामी हुन्छ । दैवसंयोग एउटी अधवैँसे महिलाले रमेशलाई घर लगि औषधिउपचार गरी निको तुलाइदिन्छिन् । रमेश निको भएपछि आफ्नो निश्चित टुङ्गो नभएको बाटो लाग्छ । उ सडकमा भौतारिँदै हिँडिरहेको बेलामा उसलाई एक व्यक्तिले देखि खलासी बनाउन लाग्छ । आजभोलि पनि ऊ माइक्रोबसमा ढोकामा लड्ला झँै गरी झुण्डिँदै कराउँदै हिँड्छ । बिचरा ऊ किन नकराओस् त माइक्रोमा झुण्डेर कराउनु नै उसको जिन्दगी भइसकेको छ । उसले त्यस्तो काम गरेर नै जिन्दगी धान्नुपर्दछ । त्यो नै उसको एकमात्र जीवन धान्ने उपाय हो । आजभोलि पनि ऊ त्यही काम गर्दैछ । उता दिदीहरू अर्काको घरमा भाँडा माज्दै र लुगा धुँदै आफ्नो जीवन बचाउने कम गर्दैछन् । यसरी दुःख गर्दै बचेको समयमा पढ्दै उनीहरू स्कुल जान थाले । मेहनत गर्दै परीक्षामा सफल हुँदै गए । यसरी मेहेनतले पढ्दै जाँदा उनीहरू सबै पछि ठूला मान्छे बनेर आ-आफ्नो जीवन सुखपूर्वक बाँच्न सके ।
मनिका थापामगर, कक्षाः ९
No comments:
Post a Comment