popular post

Showing posts with label गजल. Show all posts
Showing posts with label गजल. Show all posts

तप्प तप्प !


तप्प-तप्प जलबिन्दु चुहाएर के निस्कियौ
स्नीग्ध कञ्चन कोमल अहा ! नुहाएर के निस्कियौ 
भाग्यमानी रै'छ साबुन फिँजैफिँज भै बरालियो
जुन साबुनलाई अङ्ग-अङ्ग छुहाएर के निस्कियौ
पानी पनि आगो बन्छ कामदेवको आशिष पाउँदा
जुन पानीमा यस्तो रूप डुबाएर के निस्कियौ
घामको कुरा नगरौँ भो टाँसियो घाम त्यै लुगामा
जुन लुगालाई भर्खर तिम्ले सुकाएर के निस्कियौ
त्यै गाँठोमा गाँठो पार प्रकटलाई ओ ! रूपसी
जुन गाँठोमा कोमल अङ्ग लुकाएर के निस्कियौ