popular post

Showing posts with label safaltako sutra haru. Show all posts
Showing posts with label safaltako sutra haru. Show all posts

मनको सँकल्प

आफ्नो जीवनमा सफलता प्राप्त गर्ने ब्यक्ती कुनै बिशेष या दैब सक्ती लिएर आएको हुँदैन । उ पनि तपाईं हामी जस्तै नै हो । आखिर सफलताको रहस्य के हो ? उनिहरु सफल किन हुन्छन र तपाईं हामी किन असफल ? यदी तपाईं इमान्दार भएर उनिहरुको र आफ्नो जीवन दाजेर हेर्नु भयो भने अवस्य थाहा लाग्नेछ कि रहस्य के हो ? सफल मानिसहरुलाई देखेर हामी उ प्रती ईर्श्याको नजरले हेर्न थाल्छौ तथा उ प्रती आस्चर्य प्रकट गर्न थाल्छौ तर त्यस ब्यक्तिको जीवनलाई नजिक बाट हेर्न सक्दैनौ कि जसको कारण त्यो मान्छे यती सफल छ । सफलताको रहस्य केवल उसलाई मात्र थाहा छ जो त्यो ब्यक्तिले प्राप्त गरिसकेको छ । उसलाई थाहा छ कती काठिन परिश्रम र संघर्षको कारण उसले यो सफलता प्राप्त गरेको छ ।

धेरै जसो मानिसलाई यो भ्रम छ कि कुनै ब्यक्तिको सफलताको पछाडि उसको पारिवारिक बातावरण, प्रशिक्षण, शिक्षा, दिक्षा र सम्पत्तिको महत्व हुने गर्छ । मानिसलाई यो भ्रम छ कि नेताको छोरा नेता, साहुको छोरा साहु र धनी बाबुको छोरा धनी नै हुन्छ तर वास्तविकता यो होइन । केही हद सम्म यो कुरालाई मान्न सकिन्छ तर उसमा गुण र सामर्थ छैन भने उसले के गर्न सक्छ ?

सफलता प्राप्त गर्नुमा सबभन्दा महत्वपूर्ण योगदान मनको रहन्छ । जब सम्म मनले सँकल्प लिदैन कि म के गर्न सक्छु गरेरै छोड्छु , केही गर्न सकिदैन । मनमा बलियो र द्रिढ सँकल्पको साथ साथै सधैं सुबिचार राख्न पनि जरुरी छ । सुबिचारले नै मानिसको जीवन स्वस्थ र ब्यक्तित्वशाली बनाएर राख्छ । केही समयको लागि तपाईंले यसो गरेर हेर्नुस् तपाईंले अबस्य महसुस गर्नु हुनेछ कि तपाईंको स्वास्थ र ब्यक्तित्व चम्किन थालेको छ ।

सफलताका रहस्यहरु ( स्वेट मार्डेन )

आत्म विश्वासको फल
सभ्यताको आस्चर्यजनक बिकासको ईतिहास उनिहरुको अनगिन्ती ज्ञात अज्ञात प्रयत्नको फल हो जसले अनेक समस्याहरु सँग लडेर मनुस्यलाई ढुङे युगबाट निकालेर आजको रकेट्को युग सम्म लिएर आएको यिनै कर्मठ मानिसहरुले जे कष्ट गरेको जे समस्या भोगेको , के हामीले त्यस्को कल्पना मात्र गर्न सक्छौ ? कती कष्ट गरेर उनिहरुले हामीलाई त्यो जङली ढुङे युग बाट अहिलेको कम्प्युटरको युग सम्म ल्याइ पुर्याएको होला यती यि कर्मठ मानिसहरु आफ्नो मुक साधाना नलागेको भए के आजको मनुस्यको यो रुप हुन्थ्यो ?

सफलता घर बसेर पाइदैन सफलता पाउनको लागि ढ्रिढ आत्म विश्वासको आबस्यक्ता पर्दछ प्रक्रिती स्व्यमले हामीलाई यो कुराको शिक्षा दिन्छ कि सफलताको रहस्य के हो ? कुनै रुखलाई उम्रिन पहिले बिउ छर्न आवश्यक , त्यसै गरी सफलता पाउनको लागि पहिला त्यस्को बिउ छर्न आवश्यक हाम्रो सम्पूर्ण ज्ञान, योग्यता यदी हामीमा आत्मबिश्वास छैन भने सबै ब्यर्थ हो , आत्मबिश्वासको अभाबमा त्यो योग्यता ज्ञानले कहिले साथ पाइदैन

यो कुरालाई अबस्य मनन गर्नु आवश्यक कि छोरी भएको धन पाउन सकिन्छ , कठिन देखी कठिन रोगको उपचार सम्भब हुन्छ तर आफ्नो आत्मबिश्वास हरायो भने त्यो पाइने छैन आत्मबिश्वासले नै सफलताको सबैभन्दा ठुलो शक्ती हो

संसार आँफै बदलिने होइन त्यसलाई बदल्नु पर्छ जब हामी त्यसलाई बदल्ने कोशीस गर्छौ तब यो सम्भब हुन्छ यदी मानिसमा आत्मबिश्वास रुपी शक्ती भने जे पनि गर्न सक्छ संसारमा यस्तो कुनै काम छैन जो मानिसले गर्न सक्दैन मानिसले सबै गर्न सक्छ त्यसको यथेस्ट प्रमाणहरु हाम्रो सामु