popular post

तप्प तप्प !


तप्प-तप्प जलबिन्दु चुहाएर के निस्कियौ
स्नीग्ध कञ्चन कोमल अहा ! नुहाएर के निस्कियौ 
भाग्यमानी रै'छ साबुन फिँजैफिँज भै बरालियो
जुन साबुनलाई अङ्ग-अङ्ग छुहाएर के निस्कियौ
पानी पनि आगो बन्छ कामदेवको आशिष पाउँदा
जुन पानीमा यस्तो रूप डुबाएर के निस्कियौ
घामको कुरा नगरौँ भो टाँसियो घाम त्यै लुगामा
जुन लुगालाई भर्खर तिम्ले सुकाएर के निस्कियौ
त्यै गाँठोमा गाँठो पार प्रकटलाई ओ ! रूपसी
जुन गाँठोमा कोमल अङ्ग लुकाएर के निस्कियौ

अनपत्यारिला रोचक तथ्यहरु - १

१ अन्य प्राणीको तुलनामा उँट धेरै दिनसम्म पानी नपिईकन बांच्न सक्छ तर पानी बिना त्यो भन्दा लामो समय सम्म बाँच्न सक्ने प्राणी मुसा हो ।
२ पानी जहाजको गति तातो पानीको तुलनामा चिसो पानीमा बढी तेज सँग चल्दछ ।
३ हावामा ध्वनि तरँग ३०० मिटर प्रतीसेकेण्ड्का दरले यात्रा गर्छ भने पानीमा त्यही तरँग १५०० मिटर प्रति सेकेण्डका दरले यात्रा गर्छ ।
४ शँख किरा आफ्नो जीवन कालमा एकै पटक मात्रा सेक्स गर्छ तर यो कृया लगातार १२ घण्टा सम्म जारी रहन्छ । साथै यो एस्तो जिब हो जो नयाँ ब्लेड्को धारमा पनि घाइते नभईकन हिंड्न सक्छ ।
५ मानिसको फोक्सोलाई नसाहरुको समुह भन्दा पनि फरक पर्दैन किनकी यसमा साना र ठुला गरि ३०० अर्ब वटा जति नसाहरु हुन्छन ।
६ "जाइजेन्टेक्स" नामक माछा टर्चलाइट जस्तो उज्यालो पार्दै पौडी खेल्दै हिड्छ ।
७ गरनाइ नामक माछा पानीमा पौडी , सडकमा डौडन र हावामा उड्न पनि सक्छ ।
८ भालु घाइटे भयो भने मानिसको बच्चा जस्तै रुन्छ ।
९ जिराफ यस्तो जनावर हो जसले जीवनमा कहिले पनि आवाज निकाल्दैन र यो संसारको सबभन्दा अग्लो जनावर पनि हो , भाले जिराफ १८ फिट सम्म अग्लो हुन्छ ।
१० एक मानिसको शरीरमा भएका सम्पूर्ण नसाहरुलाई जोड्ने हो भने त्यसको लम्बाइ ४५ मिल सम्मको हुन्छ ।

अनपत्यारिला रोचक तथ्यहरु - २

१ समुन्द्र भित्र सुर्यको किरण ४०० मिटर भन्दा तल जान सक्दैन ।
२ कुकुरको शरीरमा केवल एक अँग बाट मात्र पसिना आउछ र त्यो हो जिब्रो ।
३ परमाणु कति सम्म सानो हुन्छ भन्ने अनुमान लगाउन यो जाने सजिलो होला कि पानीको एक थोपा १०० लाख खर्ब परमाणु हुन्छन ।
४ अन्य मांसाहारी प्राणीको तुलनामा सिहको मुटु सबै भन्दा सानो हुन्छ ।
५ एक बर्षमा एउटा लाम्खुट्टेले १५ करोड बच्चा जन्माउन सक्छ ।
६ एउटा झिँगाले उड्ने बेलामा पखेटा १ सेकेण्ड्मा ३३० पल्ट हल्लाउछ ।
७ लामखुट्टेले आफ्नो वजन भन्दा डेढ गुणा बढी रगत चुस्न सक्छ ।
८ एक जोडी मुसाले एक बर्ष भन्दा काम समयमा १५ हजार भन्दा बढि सन्तान जन्माउन सक्छ ।
९ बच्चा जन्माउने सबै प्राणीको पुछर हुन्छ तर मानिसको मात्र हुँदैन ।
१० आफ्नो आहार खादा रुने जनावर गोही हो ।

अनपत्यारिला रोचक तथ्यहरु - ३

१ मानिसको शरीरको सम्पूर्ण रक्त बाहिनी नलीको लम्बाई जोड्ने हो भने त्यो लम्बाईले पृथ्बीलाई दुई पटक बाध्न पुग्छ ।
२ खगोलशास्त्रीहरुको अनुमान अनुसार अन्तरिक्षमा लगभग एक अरब प्रम्हाण्ड छन र प्रत्येक ब्रम्हाण्डमा करोडौ सौर्यमण्डल छन ।
३ अन्तरिक्षमा खरबौ ताराहरु छन एक अनुमान अनुसार प्रति मिनेट १५०० ताराको दरले गन्दा खेरी सम्पूर्ण तारहरु गन्न ७०० बर्षको समय लाग्नेछ ।
४ संसारको कुल क्षत्रफलको ७१ प्रतिशत भुभाग पानीले ढाकेको छ ।
५ एक ब्यक्तिले आफ्नो सम्पूर्ण जीवनकालमा लगभग ६१००० लिटर पानी पिउछ ।
६ जहिले पनि एकै स्थानमा दिसा गर्ने जनावर गैंडा हो ।
७ एक पटक उडेपछि सर्वाधिक लामो समयसम्म उडिरहने पंछी "सुटी टन" हो । यो पंछी ३ देखि ४ बर्षसम्म निरन्तर उडिरहन्छ ।
८ आफ्नो गर्भधारण टाउकोमा गर्ने जिव उडुस हो ।
९ ३ वटा मुटु भएको जनावर अक्टोपस हो ।
१० सौर्यपरिवारका सबै ग्रहहरु पश्चिम बाट पूर्वतिर घुम्दछन तर शुक्र ग्रह जो पूर्व बाट पश्चिम दिशातिर घुम्दछ ।

Blood Group ले पनी तपाईको पोल खोल्न सक्छ


________________________तपाईलाई आफ्नो कुनै साथीको मानिसको बानीको बारेमा थाहा पाउन चाहानु हुन्छ? यदी चाहानु हुन्छ भने तपाई आफ्नो साथीको रगत समुह पत्ता लगाएर जानकारी थाहा पाउन सक्नुहुन्छ। Japanese institute ले गरेको एक अनुशन्धान अनुसार मानिसहरुको रगत समुह अनुसार उसको चालचलनको बारेमा थाहा पाउन सकिन्छ र रगत समुह फरक भएमा मानिसको विचार र बानी फरक हुने सम्भावना धेरै हुन सक्छ। यहाँ रगत समुह सँग सम्बन्धित केही बानीको बारेमा दिईएको छ।
Group O:-
संसारका सवैभन्दा बढी मानिसमा यो रगत समुह पाइन्छ। o- र o+ गरी करीब ४७ प्रतिशत मानिसमा यो रगत समुह रहेको हुन्छ जसमा ४० प्रतिशत जती ०+ र ७ प्रतिशत जतीमा o- रहेको हुन्छ। यो रगत समुहका मानिसहरु नेतृत्व गर्न चाहना राख्ने तथा क्षमता भएका, आफुले शुरु गरेको काम फत्ते गरी छाड्ने, सत्यतामा विश्वाश गर्ने, मायालु र आत्म-विश्वाशले भरिएका हुन्छन भने यो रगत समुह भएका मानिसहरुको कमजोरी भनेको डाहा गर्ने बानी र धेरै प्रतिष्पर्धात्मक हुन खोज्ने भएको अनुशन्धानको क्रममा पाईएको थियो।
Group A:-
यो रगत समुह करीब ४० प्रतिशत मानिसहरुमा हुन्छ जसमा ३४ प्रतिशतमा A+र ६ प्रतिशतमा A- पाईन्छ। यो रगत समुह भएका मानिसहरु शान्त र सामाजिक खालका, अरु सँग काम गर्न मनपराउने, sensetive र कमजोरीको रुपमा झुक्न नचाहाने र आराम गर्न नसक्ने वा नचाहाने बानी भएका हुन्छन।
Group B:-
यो समुहको रगत कम मानिसहरुमा मात्र पाईन्छ जसमा करीब ८ प्रतिशतमा B+ र १ प्रतिशतमा मात्र B- हुन्छ। यो रगत समुह भएका मानिसहरु एकलकाँटे, जे पनी एक्लै गर्न चाहाने रचनात्मक खुबी भएका झुक्न सक्ने खुबी भएका हुन्छन जसले गर्दा कहिले काही काम बिग्रन समेत सक्छ।
Group AB:-
यो मानिसमा पाईने सबैभन्दा कम पाईने रक्त समुह हो। यो ४ प्रतिशतमा मात्र पाईन्छ जसमा ३ प्रतिशत AB+ र १ प्रतिशतमा AB- पाईन्छ। यो रगत समुह भएका मानिसहरु नरम, controlled र ठट्टा रमाईलो गर्ने खालका हुन्छन तर निर्णय गर्ने क्षमताको कमी हुन्छ।

एता उताका रोचक तर आश्चर्यजनक तथ्य

१ गिनीज बुक ऑफ रिकॉर्ड्स को पुस्तक प्राय: सार्वजनिक पुस्तकालय बाट चोरी हुने रिकॉर्ड छ ।
२ चार्ली च्यप्लिन जस्तै देखिने हरुको प्रतियोगितामा स्व्यम चार्ली च्याप्लिनले तेस्रो पुरुस्कार जितेका थिए ।
३ फिन्ल्यान्डमा डोनाल्ड डक कमिक्सलाई प्रतिबन्ध लगाइयो किनकी डोनाल्ड डक नामक पात्रले पेन्ट लाउदैनथ्यो ।
४ cockroach सँग बिकिरण सँग लड्न सक्ने धेरै क्षमता हुने हुनाले केही गरी परमाणु युद्ध भएमा cockroach नै एक मात्र जिवित हुने सम्भावना छ ।
५ एक मिनेटमा करिब ८ लाख कोषिका मानिसको शरीर बाट मर्छन भने त्यतिकै मात्रामा कोशीका बन्छन पनि ।
६ प्रत्यक बर्ष चन्द्रमा प्रीथ्बी बाट ३. ८२ cm टाढा गैरहेको छ ।
७ मानिसको शरीरमा एक रक्त कोषिका पुरै शरीर घुम्न २० सेकेण्ड लगाउछ ।
८ कोकाकोला पहिला हरियो थियो ।
९ विश्वमा सबै भन्दा मिल्ने नाम "मोहम्मद" हो ।
१० मानिसको शरीरको सबै भन्दा बलियो मसल जिब्रो हो ।
११ अमेरिकामा प्रत्यक मानिस सँग २ वटा क्रेडिट कार्ड छ ।
१२ कि बोर्ड को एकै पँक्तीको अक्षर बाट बनेको शब्द TYPEWRITER नै सबै भन्दा लामो शब्द हो ।
१३ पुरुषको तुलनामा महिलाहरुले लग्भग दोब्बर पल्ट आँखाको परेला झिम्काउने गर्छ ।
१४ सुङुरहरुलाई आकाश तिर हेर्नु असम्भब छ ।
१५ 111,111,111 x 111,111,111 = 12,345,678,987,654,321 हुन्छ ।
१६ गोहीले आफ्नो जिब्रो बाहिर निकाल्न सक्दैन ।
१७ चिप्ले किरा ३ बर्ष सम्म केही नखाएर सुत्न सक्छ ।
१८ सबै भालु देब्रे हाते हुन्छन ।
१९ हाती नै एस्तो जनावर हो जो कहिले पनि उफ्रिन सक्दैन ।
२० २ वटा मुसाले १८ महिना मा कारीब १ लाख बँश बढाउन सक्छ ।
२१ औंलाको छाप हरेक मान्छेमा फरक फरक भए जस्तै जिब्रो को छाप पनि फरक फरक हुन्छ ।

मानिसको औसत समय कसरी बित्छ ?

मानिसको औसत आयु भनेको लगभग ६५ देखी ७० बर्ष हो र यति उमेर भित्र मानिसले के के गरेर समय बिताउदो रहेछ त ? तल लेखिएका बुदाँहरु हेरौ र हामी पनि बिचार बिचार गरौ कि यो देखी बाहेक अरु पनि केही गर्ने कि ?

@ करिब २० देखी २५ बर्षसम्म सुतेर
@ करिब १५ बर्षसम्म काम गरेर
@ करिब ६ बर्षसम्म खानपिन गरेर
@ करिब ८ बर्षसम्म मनोरन्जन गरेर
@ करिब ५ बर्षसम्म लुगा लगाउने , सरसफाई गर्ने र दार्ही काट्ने काम गरेर
@ करिब ३ बर्षसम्म बिरामी परी ओछ्यानमै सुतेर
@ करिब ७० दिन ऐना हेरेर

जानी राखे राम्रो ( Amazing but Useless Facts )

@ ईंग्लिश शब्द "queue" मात्र एउटा ईंग्लिश शब्द हो जसको last को ४ वटा अक्षर हटाइदिए पनि same pronounced हुन्छ ।
@ ईंग्लिश शब्दहरु मध्य "set" शब्दको सबैभन्दा धेरै परिभाषा हुन्छ ।
@ ईंग्लिशमा "French kiss" भनेर जुन शब्द चिनिन्छ त्यही शब्द फ्रान्समा "English kiss" भनेर चिनिन्छ ।
@ Alphabetical order मा भनेको सबै भन्दा लामो ईंग्लिश शब्द "Almost" हो ।
@ Vowel बिनाको लामो शब्द "Rhythm" हो ।
@ साङ्ग्ला आफ्नो टाउको काटिए पनि धेरै हप्ता सम्म बाँच्न सक्छ ।
@ मानवको thigh को हाड्डी concrete भन्दा पनि बलियो हुन्छ ।
@ आफ्नो साँस आँफैले रोकेर आफुले आँफैलाई मार्न असम्भब छ ।

@ Iceland मा कुकुर पाल्नु कानुनको खिलाफ मानिन्छ ।
@ मानिसको मुटुको धुकधुकी एक दिनमा १,००,००० पल्ट धड्किन्छ ।
@ University of London मा गरिने सबै important meeting हरुमा "Jermy Bentham" को कँकाल (skeleton) को उपस्थिती गराइन्छ ।
@ दाँया हाते मानिस average मा बाँया हाते मानिसहरु भन्दा ९ बर्ष बढी बाँच्छन ।
@ हातीनै यस्तो जिव हो जो कहिले पनि उफ्रन सक्दैन ।
@ मानिसको शरीरको सबै हड्डीहरु मध्य एक Quarter हड्डी उसको खुट्टामा नै हुन्छ ।
@ हरेक मानिसको finger प्रिन्ट फरक फरक भए जस्तै जिब्रोको प्रिन्ट पनि फरक फरक हुन्छ ।
@ हातको नङ खुट्टाको नङ भन्दा ४ गुणा छिटो बढ्छ ।
@ महिलाहरु पुरुषहरुको तुलनामा धेरै आँखा झिम्काउछन ।
@ महनै एउटा यस्तो खानेकुरा हो जुन खानाले शरीरलाई केही हानी हुँदैन ।
@ कलर नमिसाउने हो भने coca-cola हरियो हुन्थ्यो ।
@ हातीको मुटु एक मिनेटमा लगभग ३०० पल्ट धड्कन्छ ।
@ संसारमा मानिसहरुको मृत्‍यु सर्पले टोकेर भन्दा माहुरीले टोकेर हुने गरेको छ ।
@ धेरै मानिसहरुलाई अरु खाना बाट बन्दा गाईको दुधले एलर्जी भएको पाईन्छ ।
@ उडेको बालुवाबाट रक्षा गर्ने उँटको ३ वटा परेला हुन्छ ।
@ गधाको आँखा टाउकोमा यस्तो स्थानमा छ जहाँ बाट उसले आफ्नो चारैवोटा खुट्टा एकै पल्ट देख्न सक्छ ।
@ संयुक्त राष्ट्र सँघको ६ वटा अधिकारिक भाषाहरु English, French, Arabic, Chinese, Russian र Spanish हो ।
@ देउताको नाम बाट नजुराइएको एउटै planet प्रिथिबी (Earth) हो ।
@ हामी जन्मिदा हार्मो शरीरमा ३०० प्रकारका हड्डी हुन्छन तर जब हामी बयस्क हुन्छौ तब मात्र २०६ प्रकारमा झर्छौ ।
@ डोल्फिनहरु एउटा आँखा खुल्ला राखेर सुत्छन ।
@ आँखा नचिम्लिकन हाँछ्च्यु गर्न असम्भब छ ।
@ कुखुरा सबै भन्दा धेरै १३ सेकेण्ड सम्म उडेको रेकर्ड छ ।
@ उल्लुनै यस्तो चरा हो जसले निलो कलर देखन सक्छ ।
@ जिराफले आफ्नो २१ इन्च लामो जिब्रोले आफ्नो कान आँफै सफा गर्न सक्छ ।
@ मानिस दिनमा लगभग १० पल्ट हास्ने गर्छ ।
@ Ostrich को आँखा उसको दिमाग भन्दा ठुलो हुन्छ ।

माथिमा Fact हरु मध्य कुनै एउटा झुठो छ , के तपाईंलाई थाहा छ त्यो कुन हो ?

पारिवारिक कथा "कुलतको परिणाम"

रामपुर नाम गरेको एक गाउँमा धनबहादुर नाम गरेका एक व्यक्ति र उसको परिवारहरु बसोबास गर्दथ्यो । धनबहादुरको परिवारमा दुई छोरी, एक छोरा र लोग्नेस्वास्नी गरी पाँच जनाको सदस्य थिए । धनबहादुरले आफ्नी श्रीमती र परिवारलाई धेरै नै माया गर्दथ्यो उसले आफ्नो प्राण भन्दा पनि बढी माया परिवारलाई गर्दथ्यो । धनबहादुरको श्रीमती पनि निकै राम्री थिईन् । धनबहादु्र आफ्नो परिवारसंग त्यसगॉउमा खुशीसंग बसेको थियो । उसको एउटा राम्रो नोकरी थियो । जसवाट उसको परिवारलाई दुई छाक खान र लाउन पुग्दथ्यो । धनबहादुर एउटा राम्रो फुटवल खेलाडी पनि थियो । ऊ निकै राम्रोसंग फुटवल खेल्ने गर्दथ्यो । उसको खेलवाट गॉउका सबै ब्यक्ति प्रभावित थिए । उसको खेल हेर्न वरपरका गॉउवाट आउने मानिसहरु उसले खेलेको देखेर चकित हुन्थे ।

धनबहादुर विस्तारै–विस्तारै रक्सीको कुलतमा लाग्न थाल्यो । एकदिन, दुईदिन गरी ऊ दिनहु जसो रक्सी पिउन थाल्यो । धनबहादुरको रक्सी पिएर शंका गर्ने बानी भने नराम्रो थियो । ऊ सधैं रक्सीमा मस्त रहन थालेपछि छदाछदैको नोकरीवाट उसले हात धुनुपर्यो अर्थात उसको रक्सी पिएर अफिस जाने वानीले गर्दा उसलाई नोकरीबाट निकाली दिए । धनबहादुको नोकरी गएपछि उसको परिवारलाई दुई छाक खान पनि धौ–धौ पर्यो । धनेको आयश्रोत भनेकै उसको जागीर थियो । त्यसबाहेक केही थिएन ।
त्यसपश्चात धनबहादुकी श्रीमती शारदाले घरखर्च चलाउनको निम्ति घरमै रक्सीपारी बेच्न थालिन । जसबाट उनीहरुको जिवीका फेरी चल्न थाल्यो । धनबहादुको नोकरी गएपछि ऊ घरमै बस्ने गर्दथ्यो । अब धनबहादुरलाई झन सजिलो भयो । रक्सी घरमै पार्ने हुनाले पैसा पनि तिर्न परेन , भनेको बेलामा खान पाउने भयो । बेच्नको लागि बनाएको रक्सी बिहानदेखि बेलुकासम्म खादै श्रीमतीसंग झगडा गर्दै बस्न थाल्यो । यसरी नै धनबहादुरको दिनचर्या बित्दै गयो ।
धनबहादुरले रक्सीको कुलतमा लागेकै कारणले विदेश जान पाएको मौका पनि गुमायो । धनबहादुरको राम्रो खेल देखेर उसलाई विदेशमा गई खेल्ने मौका पनि दिएको थियो, तर रक्सीमा फसेको धनबहादुर विदेश जाने दिन रक्सीमा मस्त भयो र उसको ठाउमा अर्कै ब्यक्तिले जाने मौका पायो । त्यसपछि उसलाई एउटा ठूलो कम्पनीले फुटवल कोचका लागि बोलायो तर ऊ गएन । रक्सीमा मात्तिने धनबहादुरलाई शंखा थियो कि उसको श्रीमती पोइला जाला भन्ने जसले गर्दा जीवनमा केही गर्ने दोश्रो मौका पनि उसले गुमायो ।
धनबहादुरको लत उसको श्रीमती शारदामा पनि पर्न थाल्यो । घरमा नै रक्सी पार्ने हुदा अलि–अलि गरी पूर्णरुपले उनी पनि रक्सी पिउने भइन् । पहिले–पहिले त बेलुका मात्र पिउने गर्थिइन । पछि–पछि भएपछि शारदा पनि श्रीमान जस्तै विहानदेखि रक्सी पिएर धनबहादुरसंगै झगडा गर्न थालिन । यसको असर छोरा–छोरी माथी पर्नगयो । छोरा–छोरी पढाईबाट बन्चित हुन थाले । आमा बुबा प्राय सधै रक्सीमा मस्त भई घरमा झगडा गर्ने, छोराछोरीको फि नबुझाइदिने गरेपछि कसरी उनीहरु पढ्न पाउथे ? विस्तारै–विस्तारै आमाबुबाका नकारात्मक असर छोरामाथी पर्न गयो । धनको छोरा सानो भएकोले उसले आमाबुबाको नकारात्मक क्रियाकलापलाई सकारात्मक रुपमा हेर्न थाल्यो । विस्तारी–विस्तारी धनेको छोराले पनि रक्सी पिउन थाल्यो । आमाबुबा रक्सीको कुलतमा नराम्रोसंग फसेकोले छोरालाई सम्झाउन सकेन र दिदीहरुले सम्झाउदा उसले बुझेन । आमा बुबाले नै पिइराख्नु भइको छ भने मैले किन हुदैन ? भनेर उ दिदिहरुसंग बाझ्ने गर्दथ्यो । पछि–पछि हुदै गएपछि उसले चुरोट, गाजा, र चरेश जस्तो लागू औषधको सेवन गर्न थाल्यो । आमा र बुबाको कारण उसको उज्यालो भविष्य अन्धकार तर्फ बढ्न थाल्यो । एक दिन त्यही कुलतको कारणले गर्दा धनको छोराको मृत्यु भयो । आफ्नो प्राण भन्दा बढी माया गर्ने र आफ्नो बुढेसकालको एक मात्र साहाराको मृत्यु हुदासमेत धनबहादुर र उसको श्रीमतीलाई चेत आएन । उनीहरु दुवैजना झन विहान देखि बेलुका सम्म रक्सीमै मस्त रहन थाले ।
धनबहादर र उसको श्रीमतीको चर्तिकला समाजभरि नै फैलियो । जसले गर्दा सामाजबाट उनीहरु घृणित हुनुप¥यो । छोरीको उमेर विवाह योग्य भै सक्यो । कसले विवाह गर्ला यदि यस्तै अवस्था सधैभरि रहिरहने हो भन्ने सम्म चिन्ता पटक्कै उनीहरुलाई थिइन । सधै यसरी अपहेलित र घृणित भई बाच्नु भन्दा मर्नु उचित ठानि धनेको जेठी छोरीले । फेरी आफु मरे भने कान्छी वहिनीको के हविगत होला भनि सोचिन र सधै यसरी बस्नु भन्दा एउटा असल केटाको हात समाई ईज्जतको जीन्दगी वितउनु धनेको छोरीले उचित ठानी ।
यसैबीचमा एउटा असल केटासंग उसको माया प्रीति गासिन पुग्यो । केही दिन पछि रक्सीमा झल्लु भएर धन र शारदाले छोरीको विवाहको लागि भनी केटा लिएर आए । उनीहरुले खोजी ल्याएको केटासंग कुनै पनि हालतमा आफु विवाह नगर्ने इच्छा कारण सहित उनले आमा बुबालाई बताईन । तर उसको कुरालाई वेवास्था गर्दै उनीहरुले आफुले खोजी ल्याएको केटासंग छोरीको इच्छाविपरीत टीकाटाला गरी विहेको दिन जुराए ।
विवाहको दिन धनबहादरको छोरी आफुले मनपराएको केटासंग भाग्छे । यता घरमा जन्ती आइसक्यो केटी छैन । धन र शारदा रक्सी पिएर झल्लु छन् । उनीहरुलाई केहि वास्ता छैन । उत केटाले बेहुली अर्कैसंग भागेको कुरा चाल पाउछ र केटी नलिइ नजाने र बेहुली नभए उसको बहिनी नै लाने अडान लिइ बस्छ । उसको यो प्रस्तावलाई रक्सीमा मस्त रहेका धन र शारदाले सहजै स्वीकार गरी कान्छी छोरीलाई उसको इच्छाविपरीत जबरजस्ती विवाहको मण्डपमा बसाल्छन् ।
दिदिको विवाहमा खुब नाचौला र रमाइलो गरौला भनेर सोचकी बहिनीलाई के थाहा आफै बेहुली भई बस्नुपर्ला भनेर ? उसको सम्पूर्ण इच्छा चाहाना सिसासरी चकनाचुर भयो । विदाइका बेलामा धन र शारदालाई उसको छोरीले धम्क्याहापूर्ण रुपमा भनेकी थिइन । तिमीहरुले मेरो इच्छाविपरीत मेरो चाहाना विनानै मेरो विवाह गरिदियौं यो मण्डपको केही सामान नफाल यो संगै तिमीहरुले मोरो लाश लानुपर्छ । यो मण्डपको रङ्गको नसुक्दै तिमीहरुले मेरो लाश देख्नेछौ ।
वास्तवमा त्यो मण्डपको रंग नसुक्दै विवाहको पाच दिन नवित्दै धनेको कान्छी छोरीले आत्माहत्या गरिन र यस स्वार्थी संसारबाट सदाकालागी बिदा लिइन । यति हुदा सम्मपनि उनीहरुलाई होस आएन । झन सधै विहान बेलुकै दिउसै दिनभरिनै उनीहरुको दिन चर्या रक्सीमै वित्न थाल्यो । कस्तो रहेछ यो लत आफ्नो प्राण भन्दा पनि बढी माया लाग्ने छोराछोरी मर्दा समेत चेत न आउने ? एक दिन धन र शारदाको कुकुर मरेझै मृत्यु भयो । क्षणिक आनन्द पाउनका निम्ति उनीहरु कुलतमा फसेर आफ्नो जीन्दगी नै नाश गरे । 

यो कथा कुलतमा लगेका धनबहादुर र उसको श्रीमतीको मात्र नभइ कुलतमा फस्नुभएका सम्पूर्ण परिवारहरुको हो । कुलतमा लाग्नाले धनबहादुरको परिवारको के गति भयो अर्थात कुलतको परिणाम कस्तो हुदोरहेछ ? भन्ने कुरा यस कथावाट स्पष्ट पार्न खोजेको हुँ । आफ्नो प्राण भन्दा बढी माया गर्ने, माया लाग्ने छोराछोरी मर्दासमेत केही वास्ता नहुदोरहेछ । क्षणिक आनन्द पाउन मान्छेहरु कुलतमा लाग्छन् तर जीन्दगी नै नष्ट हुन्छ भनेर लेखको मध्यमवाट कुलतमा फस्नुभएका आमाबुवा, काका काकी, दाजुभाई र दिदि बहिनी लगायत सम्पूर्ण व्यक्तिहरुलाई सचेत गर्नको निम्ति यो कथा लेखेको हुँ । आशा गर्दछु ज–जसले यो कथा पढ्नुहुनेछ । वहाँहरुले आफ्नो कुलतलाई त्याग्ने प्रयास गर्नुहुनेछ । यदि यो कथा पढिसके पश्चात थोरै मानिसले पनि आफ्नो कुलत त्याग्नु भएछ भने म सम्झनेछु मैले लेखेको कथा सार्थक भयो ।

लेखक
आसमन बस्नेत
गौर न.पा.–८, रौतहट
प्रकाशनः–हेटौडा सन्देश दैनिक पत्रिका
प्रकाशित मितिः– २०६५ पौष

साँचो माया

सागर र सपनाको प्रेम कहानी चलेको एक वर्ष भई सकेको थियो कि अचानक सागरको हातमा एउटा पत्र पर्छ, जसमा लेखिएको थियो सागर तेरो आमा साह्रै विरामी छ । तँ जसरी पनि घर आइज । पत्र पढ्नासाथ सागर गाँउ फर्कने तयारी गर्छ र घर फर्कन्छ । गाँउ फर्कने बेलामा सागरको सपनासंग भेट हुन पाउदैन । उता सागर घर पुग्दा आमाले प्राण त्यागि सकेकी हुन्छीन । यता सपना सागरले केही नभनी यसरी हराएकोले उ पानी बिनाको माछी झै छटपटि रहेकी हुन्छिन । त्यसैबेला उसको हातमा एउटा पत्र पर्छ, जुन पत्र सागरले सपनालाई पठाएको हुन्छ । पत्रमा सागरले आफु एक्कासी हराउनु परेको कारण र आफु आउन अझ एक महिना लाग्ने कुरा उल्लेख गरेको थियो । सपनालाई सागर बिना एक दिन त काट्न मुस्किल भएको बेला एक महिना सागरको अनुपस्थितिमा आफ्नो जीवन विताउनु पर्दा दश वर्ष बिताउनु परेझै लाग्न थाल्यो । विस्तार–विस्तारै सपनाको सपनाको पर्खाईको घढी पनि सिद्धयो ।
यता सागर आफ्नो सम्पूर्ण काम सिध्याएर सपनालाई भेट्ने खुशीले रम्दै शहर आउछ । शहरमा आउनासाथै सपनाको विषयमा साथीहरुसंग कुरा गर्छ । सपनाले त आजै अरुनै केटासंग विवाह गरिन भन्ने समाचार उसको साथीहरुले सुनाउछ । यस्तो खबर सुन्नासाथ उ हागाबाट खसे जस्तो हुन्छ । संगै वाच्ने, संगै मर्ने खाएको कसम यति छिट्टै तोडेर जान सक्दैन भनि उ त्यहाबाट सपनाको घर तर्फ जान्छ । जाँदा–जाँदा बाटोमा उसले एउटी केटी र केटा वेहुली र वेहुलाको भेषमा आफुतिर आएको देख्छ, अलि नजिक आएपछि उसले त्यस केटीलाई चिन्छ । त्यो केटी अरु कोहि नभई आफैले चाहेको सपनापो रै’छ । आफु अगाडी आफुले प्राण भन्दा बढी माया गरेको आफ्नो प्रेमिकाको त्यस्तो रुप देखे पछि उसलाई बाँच्नुको कुनै अर्थ रहेन र उ नजिकको पोखरीमा हाम फाल्छ । त्यसपछि सपना कराउछिन, पोखरीमा मान्छे डुब्यो बचाउ.....बचाउ.......बचाउ.... । केहि बेर पछि केटाहरुले चाल पाई सागरलाई खोलाबाट बाहिर निकाल्छ । सपनाको आँखाभरी आँसु आउछ । उनी रुदै भन्छिन तिमीले यो के गरेको सागर ? सागरले जवाफ दिन्छ, तिमी किन रोएकी ? तिमी त आज खुशी हुनुपर्ने हो किनकी तिम्रो त आज विवाह भएको छ । म तिम्रो को हुँ र ? सपना तर्सिन्छीन । उसले सागरलाई सम्झउछे । सागर मैले कैसैसंग विवाह गरेको छैन । यो त मैले नाटक गरेकी हुँ , तिम्रो माया जाच्नकोलागि हामी साथीहरु मिलेर नाटक गरेको । मलाई के थाहा ?, कि तिमी मलाई आफ्नो प्राण भन्दा पनि बढी माया गर्छौ भनेर नत्र म आफ्नो प्राणको परिक्षा लिने थिईन । सपनाको यस्तो भनाई सुनी सागरले सपनालाई भन्छ, अब उप्रान्त मसंग यस्तो नाटक नगर । नत्र तिम्रो यो प्राणले यो संसार छाड्ने छ । यति भन्न नपाउदै सपनाले सागरको मुख थुन्दिनछिन । त्यस पछि दुवै जना मिली आ–आफ्नो कोठा फर्कन्छ ।
सागर र सपनाको सम्पूर्ण प्रेम कहानी सपनाको बुवाले चाल पाउछ र सपनाको विहेको कुराकानी अन्तै चलाउन थाल्छ । सपनाले आफ्नो बुवालाई आफुले सागरलाई मन पराएको र उसैसंग विवाह गर्ने निधो गरको कुरा सुनाउछिन । तर सपनाको बुवाले यी दुवै माया गर्ने प्रेमीको बीचमा धनी र गरिबको ठूलो पर्खाल खडा गरिदिन्छन । बुवाको अगाडी केही जोड नचले पछि सपनाले सागरलाई भागेर जाने आग्रह गर्छिन तर सागरले भने मान्दैन । उसले सपनालाई सम्झाउछ, हेर हामी एक अर्कालाई साँचो माया गर्छौ किन डराउने ? म तिमीलाई तिम्रो बुवासंग मागेर विवाह गर्छु । तिमी आफ्नो घर जाउ भनि सपनालई घर पठाउछ । यता सपना घर पुग्दा उसको विवाहको कुरा अन्तै छिनोफानो गरिसकेको हुन्छ र दुई दिन पछि उसको विवाहको मिति पनि तोकिन्छ ।
सागरले सपनाको विवाहको कुरा छिनियो भन्ने चाल पाएपछि उ सपनाको घर जान्छ उसको हात माग्न । तर त्यहाबाट अपमानित भई फर्कनु पर्छ, आफ्नो अगाडी आफ्नो प्रेमीको अपमान भएको र उ बीना बाँच्नु पर्ने हुदा उ बीना बाँच्नु भन्दा मर्नु उचित ठानी आफ्नो कोठमा गई सागरको फोटो हेरी मलाई माफ गरि देउ सागर म यो जुनीमा तिम्रो हुन सकिन म तिमीलाई छाडेर यो संसारबाट जादैछु । म तिम्रो वाहेक अरु कसैको भई बाँच्न चाहान्न भनि विष सेवन गर्छिन । उसले विष सेवन गरेको आमा–बुवाले चाल पाई सपनालाई अस्पताल पु¥याउछन । उता सागर सपना बीना विछोडी बाँच्नु भन्दा मर्नु उचित भनि उ पनि मर्ने निष्कर्षमा पुगि नजीकको औषधी पसलमा गई किरा मार्ने औषधी लि फर्कीदा सागरले सपना विष सेवनबाट घाईते भई अस्पतालमा लगेकोछ भन्ने चाल पाउछ । त्यसपछि उ स्वाँ –स्वाँ र फ्वाँ –फ्वाँ गर्दै अस्पतालतीर दौडन्छ । अस्पताल पुगेपछि होश नआए सम्म सपनाको केहि भन्न सकिन्न भन्ने डाक्टरबाट सुन्छ र सपनाको बेडमा गई भक्कानो फुट्ने गरि रुन्छ सपना तिमीले मलाई एक्लै छाडेर जान सक्दैनौ भन्दै रुदै गर्छ । सपनालाई होश नआएको देखी सपना म बाट विछोडीने पिडाले आत्महत्या गरिन् म किन बाँच्ने भनि हातमा रहेको किराको औषधी पिउछ जसबाट सागरको मृत्यु हुन्छ ।
सागरले प्राण त्यागेको केहि वेरपिछ सपनालाई होश आउछ, होशमा आउनासाथ उसले सागरलाई नै खोज्छीन जब सागरलाई आफु समक्ष प्राण त्यगेको उनले देख्छिन , अनि उनी पनि सागर भनि जोडले कराई अंकमाल गर्छीन र आफ्नो प्राण त्याग्छिन । यसरी साँचो माया गर्ने प्रेमी र प्रेमीका बाचुन्जेलसम्म संगै रहे र मर्ने बेलामा पनि संगै मरे । एक अर्का विना बाँच्नु भन्दा संगै एक अर्काको साथ रहने गरि प्राण त्यागे ।


Facts About Nepal

Country:
Nepal
Capital:
Kathmandu
Area:
1,47,181 Sq. Km.
Population:
23 Million
Geographic Location :
Longitude - 80° 4' East - 88° 12' East

Latitude - 26° 22' North - 30° 27' North
Climate :
Tropical, Sub-Tropical, and Cold
Political system :
Federal Democratic Republic System
National Language :
Nepali
Nepal, officially the Federal Democratic Republic of Nepal , is a landlocked country in South Asia and the world's youngest republic. It is bordered to the north by the People's Republic of China, and to the south, east, and west by the Republic of India. With an area of 147,181 square kilometers; and a population of approximately 30 million, Nepal is the world's 93rd largest country by land mass and the 41st most populous country. Kathmandu is the nation's capital and the country's largest metropolitan city.
 Nepal is a country of highly diverse and rich geography, culture, and religions. The mountainous north has eight of the world's ten highest mountains, including the highest, Mount Everest. The fertile and humid south is heavily urbanized. . By some measures, Hinduism is practiced by a greater majority of people in Nepal than in any other nation. Buddhism, though a minority faith in the country, is linked historically with Nepal as the birthplace of Siddhartha Gautama, who as the Buddha Gautama gave birth to the Buddhist tradition. About half of the population live below the international poverty line of US$1.25 a day.

तपाईंको लागि उपयोगी सफ्ट्वयरहरु

            तपाई लाइ आबस्यक परेको सफ्टवयर  पनि हुन सक्छ तल दियको लिंक मा क्लिक गरेर डाऊनलोड गर्नुहोस यस भित्र १०० वटा भन्दा बढ़ी उपयोगी तथा नाम चलेका   सफ्टवयर  दियको छू सफ्टवयर हरु निम्न लिखित Category  मा आधारित छन

1. Browsers and Plug ins
2. Anti Malware
3. Audio and Video
4. File Sharing
5. Fire walls and Security
6. Massaging and Chat
7. System Tuning
8. CD and DVD Tools
9. Photo and Images
10. Drivers
11. Compression and Back up
12. Office and News
13.Developer Tools
14. Networking and Admin

सफ्टवयर डाऊनलोड गर्नको लागी यहाँ क्लिक गर्नुहोस   

बाँदरको कोसेली

चीनको एउटा गाउँमा एउटा परिवार बस्तथ्यो । त्यो परिवारमा आमा, बा र तिनीहरूका नौजना छोरीहरू बस्तथे । त्यो गरिब परिवार थियो । छोरा नभई स्वर्ग गइन्न भन्ने अन्धविश्वासले गर्दा त्यो घरमा वर्षैपिच्छे बच्चा जन्मन्थ्यो तर जति बच्चा जन्मे पनि छोरा भने जन्मेन । दसौँ छोरी जन्मिदा आमाको स्वास्थ्य एकदमै खराब भयो । छोरी नै छोरी जन्माएको भनेर बाबुले पनि उनीहरूको राम्रो हेरचाह गरेनन् । अन्तमा आमा र दसौँ बच्चा दुबैको मृत्युभयो । त्यसपछि ती केटीहरू टुहुरा भए ।
आमा मरेको केही दिनपछि नै उनीहरूका बाबुले सौतेनी आमा ल्याए । सुरुसुरुमा त सौतेनी आमाले माया गरेजस्तो गरिन् तर बिस्तारै बिस्तारै उनीमाथि सौतेनी भूत चढ्दै गयो । उनले स-साना कुरामा निहुँ खोजेर छोरीहरूलाई कुट्ने पिट्ने गर्न थालिन् । छोरा जन्माउली भन्ने आशामा बाबुले पनि छोरीहरूको रक्षा गर्नुको सट्टा श्रीमतीतिरै लागेर छोरीहरूलाई गाली गर्ने, पिट्ने गर्नथाले । सौतेनी आमाले ती केटीहरूलाई जङ्गलमा लगेर छाड्ने भए मात्रै आफू बस्ने नत्र छाडेर हिँड्ने धम्की दिएपछि बाबुले एकदिन छोरीहरूलाई लुकामारी खेल्ने भनेर उनीहरूका आँखामा पट्टी बाँधी घनघोर जङ्गलमा लगी छाडेर आए ।
बाबुले झुक्याएर आफूहरूलाई जङ्गलमा छाडेको केटीहरूले अबेला मात्रै थाहा पाए । उनीहरूले जङ्गलबाट निस्कने धेरै प्रयाश गरे तर कसैगरे पनि बाटो फेला पारेनन् । उनीहरू भोक र थकाइले रन्थनिँदै यताउता भौँतारिन थाले । सानासाना बहिनीहरूलाई अलि ठूला दिदीहरूले च्यापेर-बोकेर उनीहरू ओडारमा पुगे र स्याउला ओछ्याएर बसे ।
ठूली केटी बहिनीहरूका लागि केही खानेकुरा पाइन्छ कि भनेर ओडारबाट अलि परतिर लागी । यतिकैमा उसले एउटा बाँदर रूखमा बसेर केही चिज खाँदैगरेको देखी । ती चिजहरू कुनै गोला, कुनै लाम्चा, कुनै राता, कुनै पहेँला र कुनै हरिया थिए । बाँदरले रूखका हाँगामा झुण्ड्याएर ती चिजहरू राखेको थियो । ऊ पालैपालो ती चिजहरू स्वाद मानीमानी खाँदैथियो । केटीले ताली बजाएर बाँदरलाई बोलाई र आफूलाई पनि खान देऊ भनी । बाँदरले वास्तै नगरी खाइरहृयो । केटीले रिसाएर ढुङ्गो उठाउँदा बाँदरले केटीलाई झम्टियो । केटी डराई र चुप लागी ।
जति कोसिस गर्दा पनि बाँदरले ती चिज दिँदै दिएन । केटी ओडारमा फर्किएर आई र बहिनीहरूलाई बाँदरले खाइरहेका अनौठा र रङ्गीविरङ्गी चिजहरूको वर्णन गरी । त्यो सुनेर स-साना बहिनीहरूलाई ओडारमै छाडेर ठूलाठूला केटीहरू फेरि बाँदर भएको ठाउँमा गए । केटीहरूले बाँदरलाई शिर झुकाएर बिन्ती गर्दै खानेकुरा मागे तर बाँदरले उनीहरूलाई देखाइदेखाई सबै खानेकुरा खायो । टन्न अघाएपछि बाँदर केटीहरूतिर फर्केर ङच्िच हाँस्यो र पेट मुसार्दै डकारेर रूखको हाँगामा उपरखुट्टी लगाएर पल्टियो । केटीहरूलाई एकदमै रिस उठ्यो । साइली चाहिँ बहिनीले रिस्ााएर भुईँबाट एउटा दाउरो उठाएर झट्टारो हानी । बाँदरले पनि रिसाएर हाँगामा झुण्ड्याइराखेको एउटा खानेकुराको डल्लोले केटीहरूतिर हान्यो । केटीहरूले फेरि झटारो हाने । बाँदरले पनि ऊसँग बाँकी रहेका दुई-तीनवटा खानेकुराले हान्यो । बाँदर रिसाउँदै रूखको टुप्पोतिर लागेपछि केटीहरू ती चिजहरू लिएर ओडारमा फर्के ।
ओडारमा आइपुगेर उनीहरूले ती चिज खान हुने हो वा होइन भन्ने कुरामा छलफल गरे । जेठी दिदीले भनी- यो चिज म चाखेर हेर्छु । यदि मलाई केही भयो भने अथवा म मरेँ भने तिमीहरूले यो चिज नखानु । यदि केही भएनछ भने सबैले मिलेर खाउँला ।
यसो भनेर जेठीले एउटा चिज अलिकति खाई । उसलाई केही पनि भएन । त्यसैगरी अर्को चिज माइलीले चाखी । अर्को चिज साँहिलीले चाखी । आखिरमा कसैलाई केही भएन । बरु ती चिजहरूको उदेकलाग्दो मीठो स्वाद थाहा पाएर उनीहरूलाई ती चिज कसरी पाउने र पेटभरि खाने भन्ने चिन्ताले सतायो । त्यो दिन रात परिहाल्यो । उनीहरू भोकै पेट सुते ।
भोलिपल्ट घाम झुल्किएपछि केटीहरू बाँदर बस्ने रूखमा पुगे । बाँदरलाई रिस उठाएर खानेकुरा फुत्काउन उनीहरूले निकै प्रयास गरे तर सकेनन् । बाँदरले रूखको टुप्पामा बसेर मजाले खाना खायो र केटीहरूतिर हेरेर हाँस्तै पेट छामेर डकार्‍यो । केटीहरू रूखको फेदमा बसेर अब के गर्ने होला भनेर सोचविचार गर्नथाले । बाँदर भने टन्न खाएर पहारिलो घामतिर डडाल्नो फर्काएर मस्तले घुरीघुरी निदाएको रहेछ । काहिँली बहिनी निकै चलाख थिई । उसले बाँदर घुरेकोतिर देखाउँदै भनी- मलाई एउटा जुक्ति आयो ।
सबैले सोधे- के जुक्ति ?
काहिँली बहिनी नबोलिकन रूखमा चढी । बाँदरले थाहा नपाउनेगरी उसका खानेकुराहरू भुइँमा झार्न थाली । भुइँमा रहेका केटीहरूले धमाधम ती चिजहरू खाए । काहिँली बहिनीले अन्तमा एउटा पहेँलो लाम्चो चिजको बोक्रो निकाली र भित्रको सेतो गिलो पदार्थ बाँदर नजिकैको हाँगामा लतपत पारेर बेस्कन दलिदिई र रूखबाट ओर्लिई ।
एकछिनपछि बाँदर ब्युँझियो । उठेर यसो हेर्दा त आफ्ना खानेकुराहरू सबै गायव Û उसले ती अनौठा दुईखुट्टे जन्तुहरूले पो खाइदिए कि भनेर तल हेर्‍यो, तल केटीहरू मस्तले सुतिरहेका थिए । बाँदरले आफू नजिकैको हाँगामा आफ्नो खानेकुरा लतपतिएको देखेर सोच्यो, पक्कै पनि मेरो खानेकुरा यो रूखका हाँगाले खाएछ । अनि उसले रिसले त्यो हाँगा भाँचेर चिथोरचाथोर पारेर पर हुत्याइदियो । निदाएजस्तो गरेर बाँदरको चर्तिकला हेरिरहेकी काहिँली बहिनी आफ्नो योजनाअनुसार काम भएको देखेर मनमनै हाँसी ।
भोलिपल्ट पनि उसैगरी बाँदरले खानेकुरा खाएर जुँगा मुसारेर घाममा घुर्न थाल्यो । केटीहरूले पहिलो दिनजस्तै उसका खानेकुरा खाए र बाँकी रहेको एउटा खानेकुरा रूखको कापमा दलिदिए । बाँदरले ब्यँुझिएपछि रूखले नै आफ्नो खाना खाइदिएको भन्ठानेर रूखमा बेस्कन चिथोर्‍यो । पर्सिपल्ट केटीहरूले बाँदरले थाहा नपाउने गरी उसको पुच्छरमा खानेकुरा दलिदिए । बाँदरले आफ्नो पुच्छरले खानेेकुरा खाइदिएको भन्ठानेर आफ्नै पुच्छरमा बेस्कन टोक्यो । पुच्छरमा घाउ नै भयो । ऊ रिसले र पीडाले चिच्याउन थाल्यो ।
'बाँदरको घाऊ कहिल्यै बिसेक हुँदैन' भन्ने उखान त साथीहरूले सुन्नुभएकै होला । त्यहाँ पनि त्यस्तै भयो । बाँदरले आफ्नो घाउ चलाएर, कन्याएर, टोकेर झन्झन् ठूलो पार्‍यो । ऊ क्वाँ क्वाँ रुन थाल्यो । उसको पीडा देखेर केटीहरूलाई पनि दया लाग्यो । केटीहरूले उसलाई तल ओर्लन भने । बाँदर डराउँदै डराउँदै तल झर्‍यो । बाँदरको मन पगाल्न नै उनीहरूले यो जुक्ति लगाएका थिए । बाँदर मायालु अनुहार पारेर केटीहरूलाई टुलुटुलु हेर्न थाल्यो । केटीहरूले वरपरबाट विभिन्न जडीबुटीहरू ल्याए । उसलाई माया गरेर सुम्सुम्याए र घाउमा ओखती दलिदिए । बिस्तारै घाउ निको भयो । बाँदर खुसी भयो । एक-दुई दिनमै बाँदर र केटीहरू मिल्ने साथी भए ।
उनीहरू साथीसाथी भएपछि बाँदरले केटीहरूलाई जङ्गलमा परपरसम्म घुमाउन थाल्यो । उसले उनीहरूलाई वनमा पाइने मीठामीठा खानेकुराहरू खुवायो । केटीहरू ती आश्चर्यलाग्दा स्वादिला खानेकुराहरू खान पाएर औधी रमाए । उनीहरूको स्वास्थ्य पनि दिन प्रतिदिन राम्रो भयो । जङ्गलमा लामो समय बिताएको र प्रशस्त खाएकोले उनीहरू बलिया, राम्रा र गोरा पनि भए । उनीहरू जङ्गलमै रमाउन थाले । बाँदरले आफ्ना धेरै साथीहरू केटीहरू बसेको वरिपरि ल्याएर उनीहरूको रक्षा गर्ने र खाना खोजेर ल्याउने काममा खटायो ।
केही वर्ष जङ्गलमा रमाइलोसँग बिताएपछि एकदिन उनीहरूकी कान्छी बहिनी बिरामी भई । बहिनी बिरामी भएपछि उनीहरूलाई आफ्नो गाउँको, साथीहरूको र बाबुको याद आयो । उनीहरूले घर जाने विचार गरे । बाँदरहरूले पछि फेरि फर्किने शर्तमा नौजना केटीलाई एकएक भारी हरिया, काला, पहेँला, राता, साना, ठूला, गोला, लाम्चा विभिन्न थरीका खानेकुरा दिएर गाउँ पठाए । गाउँ जाने बाटो पनि बाँदरहरूले नै पत्ता लगाए ।
गाउँमा राम्रा राम्रा केटीहरू विभिन्न मीठामीठा कोसेली बोकेर आएका छन् भन्ने कुरा सुनेर गाउँलेहरू भेला भए । उनीहरूकी सौतेनी आमाले गएको वर्ष छोरो जन्माएर छोरोसमेत लिएर अर्कैसँग बिहे गरेर गइसकिछन् । केटीहरूका बाबु पनि छोरीहरूको खोजीमा भौँतारिइरहेको बेला उनीहरू फर्केको देखेर खुसी भए । केटीहरूले गाउँलेहरूलाई खानेकुराहरू बाँडे । गाउँलेहरूले आफूहरूलाई स्वर्गबाट भगवान्ले अमृत पठाइदिएछन् भन्दै ती खानेकुराहरू खाए । खानेकुराभित्र भेटिने कडा र तिता वा नमिठा चिज चाहिँ नखानु भनेर केटीहरूले सिकाए । ती चिजहरू मानिसहरूले रछ्यानतिर मिल्काइदिए ।
समय बित्तै गयो । गाउँलेहरूका रछ्यान र बारीमा अनौठा अनौठा बोटबिरुवाहरू उमि्रन थालेको देखेर सबै छक्क परे । के रैछ त यो भनेर सबैले ती बिरुवाहरूलाई जोगाएर हेर्ने विचार गरे । केही वर्षमा ती ठूला बोट भए । बोटमा फूल फूल्यो र पछि विभिन्न आकारप्रकार र रङका दानाहरू फल्न थाले । गाउँलेहरूको खुसी र आश्चर्यको सीमै रहेन । ती त तिनै खानेकुराका बोट पो रहेछन् । बिस्तारै ती पाके । गाउँलेहरूले खाए । वास्तवमा ती खानेकुरा नै फलफूल थिए । गोला गोला सुन्तला, स्याउ, लिची आदि थिए भने लाम्चामा केरा आदि थिए । पहेँलामा अम्बा, नास्पाती आदि थिए ।
चीनको एउटा कुनाका गाउँमा घटेको त्यो घटना एक कान दुई कान हुँदै संसारभरि फैलँदै गयो । टाढाटाढाका मानिसहरू पनि त्यो गाउँमा आएर फलफूलका बीउहरू लिएर जान थाले । यसरी संसारभरि फलफूल फैलियो ।

गरिबको भाग्य


कुनै एउटा गाउँ थियो । त्यो गाउँ अत्यन्तै रमणीय थियो । त्यही गाउँको एउटा रमणिय वातावरणमा गरिब मानिसको घर थियो । आमा, बाबा पाँच छोरी र एउटा नाबालक सानो छोरोसहितको परिवार थियो ।
मदनबहादुर बा, चन्द्रकुमारी आमा र तिनीहरूको जेठी छोरीदेखि कान्छा सानो छोराको नाम यसरी क्रम मिलाएर राखिएको थियो । सुनिता, अनिता, सरिता, ललिता, पनिता र कान्छो सानो छोरोको नाम रमेश थियो । उनीहरूको घरमा सधैँ कलह र झगडा भइरहन्थ्यो । उनीहरू पढ्न त के राम्रो खान लाउन समेत पाउँदैनथे । यसरी दुःख र पीडा भोग्दा भोग्दै मदनबहादुरले जेठी, माहिली र साहिली छोरीको साधारण तरिकाले विवाह गरिदिन्छ । आफ्नो जन्मघरमा त सुख नपाएका छोरीहरूले अर्काको घरमा गएर के सुख पाउँथे । घरमा भएका दुई छोरी र एक छोराले पनि कहिले राम्रो खान र लाउन पाएनन् । कहिले कहीँ त खान नपाएर भोकभोकै बस्नुपथ्र्यो । भोकै बस्दा र गाउँका साथीहरूको नराम्रो व्यवहारले ती सानानानी बाबुलाई कति पीडा हुन्थ्यो । भगवानले पनि गरिबलाई हेला गरेर आलो घाउमा नुन छर्केजस्तै ती दुई छोरी र नाबालक छोराको बुबा आमालाई महिना दिनको अन्तरमा परलोक गए ।
बा आमा छँदा त मागेर वा ज्याला मजदुर गरेर पनि ती नानी बाबुलाई खाना खुवाउँथे । बा आमा गुमेपछि उनीहरू भोकै बस्नुपथ्र्यो । साथीहरू पनि ब आमा मरेका टुहुरा सन्तान भनेर हेला र घृणा गर्थे । विचरा ती दिदीबहिनी र सानो भाई बाटो बाटोमा एकपैसा भन्दै आफ्नो दख्खका कुराहरू भन्थे सुनिदिने कोही थिएनन् । बल्ल तल्ल २।४ पैसा हुन्थ्यो तर त्यति पैसाले त उनीरूलाई राम्रो लगाउन त के एक छाक पेटभरी खानसमेत पुग्दैनथ्यो । विचरा ती बच्चाहरूको धनसम्पत्ति भनेको एउटा सानो खरले छाएको र वरिपरि बाँसले घेरेर बनाएको सानो छाप्रो थियो त्यो पनि अर्काको जमिनमा निर्माण गरिएको थियो । केहि सीप नलागेर त्यही गाउँको एउटा धनी मानिसले ती दुई दिदीबहिनी र भाइ रमेशलाई राम्रो खान लाउन र पढ्न दिने लोभमा काठमाडौँको भिन्दाभिन्दै घरमा लगेर बेचिदियो । तिनीहरू राम्रो पढ्न खान र लाउन त के एकछिन पनि आराम गरेर बस्न पाउँदैनथे । घरमा सबैले खाएका जुठो भाडाहरू माझ्न, लुगा धुन र घरको सरसफाई गरी घरका सबैलाई आदर सम्मान गर्नु उनीहरूको दैनिक काम थियो । घरमा सबैले खाना खाइसकेपछि बाँकी रहेको खाना खान पाउँथे कहिलेकाहीँ बाँकी रहेन भने भोकभोकै हुन्थे । अकस्मात बिरामी परेमा उनीहरूको घरमालिकले वास्ता गर्दैनथे के भयो कसो भयो नसोधी काम गरे गर नगरे घर छोडेर जहाँ जान मन लाग्छ त्यही जा भन्थे ।
एकदिन रमेश बिरामी पर्छ । जब उसले कुनै काम गर्न सक्दैन । त्यसपछि त्यस घरका मानिसहरूले रमेशलाई घरबाट निकालिदिए । भर्खरै १० वर्षको ऊ हिँड्नै नसक्ने गरी बिरामी हुन्छ । दैवसंयोग एउटी अधवैँसे महिलाले रमेशलाई घर लगि औषधिउपचार गरी निको तुलाइदिन्छिन् । रमेश निको भएपछि आफ्नो निश्चित टुङ्गो नभएको बाटो लाग्छ । उ सडकमा भौतारिँदै हिँडिरहेको बेलामा उसलाई एक व्यक्तिले देखि खलासी बनाउन लाग्छ । आजभोलि पनि ऊ माइक्रोबसमा ढोकामा लड्ला झँै गरी झुण्डिँदै कराउँदै हिँड्छ । बिचरा ऊ किन नकराओस् त माइक्रोमा झुण्डेर कराउनु नै उसको जिन्दगी भइसकेको छ । उसले त्यस्तो काम गरेर नै जिन्दगी धान्नुपर्दछ । त्यो नै उसको एकमात्र जीवन धान्ने उपाय हो । आजभोलि पनि ऊ त्यही काम गर्दैछ । उता दिदीहरू अर्काको घरमा भाँडा माज्दै र लुगा धुँदै आफ्नो जीवन बचाउने कम गर्दैछन् । यसरी दुःख गर्दै बचेको समयमा पढ्दै उनीहरू स्कुल जान थाले । मेहनत गर्दै परीक्षामा सफल हुँदै गए । यसरी मेहेनतले पढ्दै जाँदा उनीहरू सबै पछि ठूला मान्छे बनेर आ-आफ्नो जीवन सुखपूर्वक बाँच्न सके ।
मनिका थापामगर, कक्षाः ९




मनको सँकल्प

आफ्नो जीवनमा सफलता प्राप्त गर्ने ब्यक्ती कुनै बिशेष या दैब सक्ती लिएर आएको हुँदैन । उ पनि तपाईं हामी जस्तै नै हो । आखिर सफलताको रहस्य के हो ? उनिहरु सफल किन हुन्छन र तपाईं हामी किन असफल ? यदी तपाईं इमान्दार भएर उनिहरुको र आफ्नो जीवन दाजेर हेर्नु भयो भने अवस्य थाहा लाग्नेछ कि रहस्य के हो ? सफल मानिसहरुलाई देखेर हामी उ प्रती ईर्श्याको नजरले हेर्न थाल्छौ तथा उ प्रती आस्चर्य प्रकट गर्न थाल्छौ तर त्यस ब्यक्तिको जीवनलाई नजिक बाट हेर्न सक्दैनौ कि जसको कारण त्यो मान्छे यती सफल छ । सफलताको रहस्य केवल उसलाई मात्र थाहा छ जो त्यो ब्यक्तिले प्राप्त गरिसकेको छ । उसलाई थाहा छ कती काठिन परिश्रम र संघर्षको कारण उसले यो सफलता प्राप्त गरेको छ ।

धेरै जसो मानिसलाई यो भ्रम छ कि कुनै ब्यक्तिको सफलताको पछाडि उसको पारिवारिक बातावरण, प्रशिक्षण, शिक्षा, दिक्षा र सम्पत्तिको महत्व हुने गर्छ । मानिसलाई यो भ्रम छ कि नेताको छोरा नेता, साहुको छोरा साहु र धनी बाबुको छोरा धनी नै हुन्छ तर वास्तविकता यो होइन । केही हद सम्म यो कुरालाई मान्न सकिन्छ तर उसमा गुण र सामर्थ छैन भने उसले के गर्न सक्छ ?

सफलता प्राप्त गर्नुमा सबभन्दा महत्वपूर्ण योगदान मनको रहन्छ । जब सम्म मनले सँकल्प लिदैन कि म के गर्न सक्छु गरेरै छोड्छु , केही गर्न सकिदैन । मनमा बलियो र द्रिढ सँकल्पको साथ साथै सधैं सुबिचार राख्न पनि जरुरी छ । सुबिचारले नै मानिसको जीवन स्वस्थ र ब्यक्तित्वशाली बनाएर राख्छ । केही समयको लागि तपाईंले यसो गरेर हेर्नुस् तपाईंले अबस्य महसुस गर्नु हुनेछ कि तपाईंको स्वास्थ र ब्यक्तित्व चम्किन थालेको छ ।

सफलताका रहस्यहरु ( स्वेट मार्डेन )

आत्म विश्वासको फल
सभ्यताको आस्चर्यजनक बिकासको ईतिहास उनिहरुको अनगिन्ती ज्ञात अज्ञात प्रयत्नको फल हो जसले अनेक समस्याहरु सँग लडेर मनुस्यलाई ढुङे युगबाट निकालेर आजको रकेट्को युग सम्म लिएर आएको यिनै कर्मठ मानिसहरुले जे कष्ट गरेको जे समस्या भोगेको , के हामीले त्यस्को कल्पना मात्र गर्न सक्छौ ? कती कष्ट गरेर उनिहरुले हामीलाई त्यो जङली ढुङे युग बाट अहिलेको कम्प्युटरको युग सम्म ल्याइ पुर्याएको होला यती यि कर्मठ मानिसहरु आफ्नो मुक साधाना नलागेको भए के आजको मनुस्यको यो रुप हुन्थ्यो ?

सफलता घर बसेर पाइदैन सफलता पाउनको लागि ढ्रिढ आत्म विश्वासको आबस्यक्ता पर्दछ प्रक्रिती स्व्यमले हामीलाई यो कुराको शिक्षा दिन्छ कि सफलताको रहस्य के हो ? कुनै रुखलाई उम्रिन पहिले बिउ छर्न आवश्यक , त्यसै गरी सफलता पाउनको लागि पहिला त्यस्को बिउ छर्न आवश्यक हाम्रो सम्पूर्ण ज्ञान, योग्यता यदी हामीमा आत्मबिश्वास छैन भने सबै ब्यर्थ हो , आत्मबिश्वासको अभाबमा त्यो योग्यता ज्ञानले कहिले साथ पाइदैन

यो कुरालाई अबस्य मनन गर्नु आवश्यक कि छोरी भएको धन पाउन सकिन्छ , कठिन देखी कठिन रोगको उपचार सम्भब हुन्छ तर आफ्नो आत्मबिश्वास हरायो भने त्यो पाइने छैन आत्मबिश्वासले नै सफलताको सबैभन्दा ठुलो शक्ती हो

संसार आँफै बदलिने होइन त्यसलाई बदल्नु पर्छ जब हामी त्यसलाई बदल्ने कोशीस गर्छौ तब यो सम्भब हुन्छ यदी मानिसमा आत्मबिश्वास रुपी शक्ती भने जे पनि गर्न सक्छ संसारमा यस्तो कुनै काम छैन जो मानिसले गर्न सक्दैन मानिसले सबै गर्न सक्छ त्यसको यथेस्ट प्रमाणहरु हाम्रो सामु